February 3rd, 2019

किसान बहुउद्देश्यीय सहकारीद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

बैंकिङ खबर । किसान बहुउद्देश्यीय सहकारी संस्थाले निःशुल्क आँखा शिविर सम्मपन्न गरेको छ । संस्थाले कालिका माध्यामिक विद्यालय भुरुवामा सम्पन्न गरेको शिविरमा, एक हजार ५ सय ७५ जना आँखामा समस्या भएका बिरामीहरुको आँखा परिक्षण गरिएको थियो ।

शिविरमा ८ सय ९० जना आँखा सम्बन्धि समस्या भएका बिरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने डाक्टरको सिफारिस भएका २ सय ६३ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिने भएको छ । 

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त शिविरमा धनगढी नेत्रालय आँखा   अस्पताल धनगढीका बरिष्ठ डाक्टरहरु मार्फत बिरामीहरु चेकजाच गरिएको थियो ।

यस सहकारीले यस्ता विविध खालका कार्यक्रम गर्दै आएको छ भने आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्यक्रमहरु गर्ने संस्थाले जनाएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]