February 3rd, 2019

तीन वटै तहमा बजेट रिपोर्टिङको नयाँ ढाँचा बनाउने तयारी


बैंकिङ खबर। सरकारले तीनै तहका सरकारको बजेटको रिपोर्टिङ गर्ने व्यवस्थामा एकरुपता ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा देशमा वित्तीय संघीयता लागु भएपछि तीनै तहले आ–आफ्नो बजेट बनाएका छन् । मुलुकभर ७ सय ६१ वटा बजेट बनेका छन् । ती बजेटको कार्यान्वयन कसरी भइराखेको छ भन्ने विवरण पाउन अहिले कठिन छ । सबै बजेटको कार्यान्वयनको स्थिति थाहा पाउन सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई उपलब्ध गराउने भुक्तानी प्रकृया परिवर्तन सहितको सुझाव तयार पारीसकेको बताएको छ । आयोगले आफ्नो सुझाव बुझाउने अन्तिम तयारी समेत गरिरहेको छ । 

आयोगले तयार पारेको सुझावमा बजेट खर्चको कार्यान्वयन, खर्च र विकासको आवश्यकताबीच भुक्तानी मिलेको छ या छैन लगायतका विषय समेटिएको आयोग स्रोतले जनाएको छ । 

बजेट कार्यान्वयन सम्बन्धि भएका रिपोर्टिङहरु प्रभावकारी हुन नसक्दा सरकारलाई छुट्टै फम्र्याट सहित अघी बढनुपर्ने सुझाव आयोगले दिने छ । स्रोतका अनुसार आफुहरुले तयार पारेको सुझाव अनुसार दोहोरो कर, बजेट कार्यान्वयन लगायतका विषयमा देखिएका समस्याहरु समाधान हुने छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]