नेपालमा सहकारीको संख्या झण्डै ३५ हजार, निक्षेप ३ खर्ब

बैंकिङ खबर। वि.सं. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना भएपछि नेपालमा विधिवत रुपमा सकारीको अवधारण आएको हो । वि.सं. २०१३ मा तत्कालिन सरकारको कार्यकारी आदेशमा चितवनमा बखान ऋण समिति समेत गरी १३ वटा प्रारम्भिक सहकारी संस्थाहरु स्थापना भएका थिए । 

नेपालमा वि.सं. २०४८ साल पश्चात सहकारी स्थापना गर्ने लहर नै चलेको पाइन्छ । नेपालको राज्य व्यवस्थाले वि.सं. २०१० साल देखि अपनाएको सहकारी अवधारणाले वि.सं. २०७४ सम्म डिभिजन कार्यालयहरु र त्यसको जिल्ला कार्यलय मार्फत काम गरेका थिए । यो अवस्था सम्म नेपालमा करिब ३५ हजार सहकारी संस्थाहरु स्थापना भइसकेका छन् ।

मुलुक संघीय संरचनामा गएपछि भने सहकारी ऐन २०७४ ले सहकारीको संरचनामा केही फेरवदल गरेको छ । नयाँ ऐनले स्थनीय तह, प्रदेश सरकार र संघीय सरकारले नियमन गर्ने गरि सहकारीको वर्गिकरण गरेको छ ।

कति छन सहकारी?
सहकारी विभागको २०७४ असार सम्मको तथ्याङ्क अनुसार नेपालमा कुल ३४ हजार ५ सय १२ सहकारी संस्था सञ्चालनमा रहेका छन् । उक्त सहकारी संस्थाहरुको सञ्चालकको संख्या २ लाख ४७ हजार ८ सय २७ रहेको छ । जसमा जम्मा सदस्यहरुको संख्या ६३ लाख ५ हजार ५ सय ८१ रहेको छ । त्यस्तै सहकारीमा आवद्ध कर्मचारीहरुको संख्या ६० हजार ५ सय १७ रहेको छन् । सञ्चालनमा रहेका सहकारीहरुको सेयर पूँजी ७३ अर्ब १७ करोड ८७ लाख १५ हजार रहेको छ । त्यस्तै विभागले दिएको तथ्याङ्क अनुसार जम्मा निक्षेप ३ खर्ब २ अर्ब १६ करोड ४५ लाख १३ हजार रहेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नयाँ अपडेट