January 23rd, 2019

राष्ट्र बैंकले पाँच अर्बको रिपो बिक्री गर्दै

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले आज पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गरी बोलकबोल प्रक्रियाबाट रिपो बिक्री गर्न लागेको हो ।

बैंकले एक साताका लागि रिपो बिक्री गर्न लागेको हो । यसअघि बिक्रीमा राखेको रिपो बिक्री हुन नसकेपछि फेरि बिक्री गर्न लागेको हो । 

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल मार्फत रिपो खरिद गर्न सक्ने जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]