January 22nd, 2019

हायरपर्चेज कर्जा दिने कम्पनीको पनि चुक्ता पूँजी बढाइयो

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुको समेत चुक्ता पूँजी बढाउन निर्देशन दिएको छ । अहिले यस्ता कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ छ । राष्ट्र बैंकको निर्देशन अनुसार अब ३० करोड रुपैयाँ चुक्ता पूँजी पु¥याउनु पर्ने छ । 

राष्ट्र बैंकले दुई चरणमा चुक्ता पूँजी पु-याउने व्यवस्था गरेको हो । २०७७ असार मसान्तसम्म २० करोड पु¥याउनु पर्ने छ भने २०७८ सम्म ३० करोड पु-याउनु पर्ने छ । 
त्यस्तै नयाँ दर्तामा स्विकृति दस्तुर समेत बढाएको छ । यसअघि ०.१ प्रतिशत दस्तुर बुझाउनु पर्नेमा अब ०.२ प्रतिशत बुझाउनु पर्ने छ । त्यस्तै पुराना कम्पनीहरुको नविकरण दस्तुर समेत बढाएको छ । प्रत्येक दुई बर्षमा एक लाख रुपैयाँका दरले नवीकरण हुने गरेकोमा अब २ लाख रुपैयाँ लाग्ने छ। 
हायर पर्चेज कम्पनीले ऋण तथा सापटी लिइ कर्जा प्रदान गर्दा लिने ब्याजदर पनि निर्धारण गरिदिएको छ । नयाँ व्यवस्था अनुसार यस्ता कम्पनीले लिएको ऋणको ब्याजमा बढिमा ३ प्रतिशतसम्म बढि ब्याज लिन पाइने छ । 

राष्ट्र बैंकले हायर पर्चेज ऋण दिने नयाँ कम्पनीहरुलाई स्थान विशेष छानेर मात्र स्वीकृति दिने भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]