January 21st, 2019

फेडको खाताबाट रकम चोरीएको विषयमा मुद्दा चलाउदै बंगलादेश बैंक

बैंकिङ खबर। बंगलादेश बैंकले अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भको खाताबाट चोरी भएको विषयमा मुद्दा चलाउने भएको छ । अमेरिकाको न्यूयोर्क अदालतमा यहि जनवरीमा नै मुद्दा दायर गर्ने तयरी बंगलादेश बैंकले गरेको हो । 

बंगलादेश बैंकको ३ वर्षअघि फेडको खातामा भएको ८ करोड १० लाख डलर चोरी भएको थियो । सन् २०१६ को फेब्रुअरीमा स्विफ्ट भुक्तानी मार्फत रकम चोरी भएको थियो । बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमलले आइतवार चोरी भएको रकम फिर्ता गर्न यसै महीना मुद्दा दायर गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । 

अमेरिकाको नियमअनुसार अवैध कारोबारको मुद्दा ३ वर्षभित्र दायर गरिसक्नुपर्छ । त्यसैले बंगलादेश बैंकले जनवरीभित्र फेडविरुद्ध मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]