January 21st, 2019

बैंकका डेपुटी सिइओलाई पनि कुलिङ पिरियड, संचालकलाई कडाइ

बैंकिङ खबर। अबदेखि वाणिज्य बैंकका दोस्रो बरियताका पदाधिकारीलाई पनि कुलिङ पिरियड लागु हुने भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै बाणिज्य बैंकहरुको दोस्रो बरियताको पदाधिकारीलाई पनि ६ महिने कुलिङ पिरियड लगाएको हो । यससंगै कुनैपनि दोस्रो बरियताका पदाधिकारी सेवाबाट हटेपछि ६ महिना सम्म अर्को बैंकमा सोहि पदमा नियक्त हुन पाउने छैनन् । तर पद बडुवा भएर अर्को बैंकमा जाने विषयमा भने निर्देशनमा केहिपनि उल्लेख गरिएको छैन् । 

राष्ट्र बैंकले बैंकहरुको सञ्चालक पदमा पनि निवार्चित वा मनोनित गर्न केही कडाई गरेको छ । बैंकको कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो ब्यक्ति पुनः त्यही कार्यकालभित्र त्यही संस्थाको सञ्चालक पदमा निर्वाचित अथवा मनोनित हुन पाउने छैन् । 



[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]