January 20th, 2019

वोमी माइक्रोफाइनान्सले बाराका २७ जना सदस्यलाई दियो पशुपालन तालिम

बैंकिङ खबर। वोमी माइक्रोफाइनान्सले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ स्थित जैतापुरमा पशुपालन तालिम दिएको छ । प्राविधिकहरु बिकास प्रसाद दाहाल र प्रभात कुमार यादवले २७ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम तथा प्रशिक्षण प्रदान गरेको माइक्रोफाइनान्सले जनाएको छ । 

वोमी माइक्रोफाइनान्सको बारा जिल्लामा सिमरा तथा परवानीपुर गरी २ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]