January 20th, 2019

गणपति माइक्रोफाइनान्सको द्रोस्रो त्रैमासिक समिक्षा सम्पन्न 

बैंकिङ खबर। गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले २०७५/०७६ को द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गरि संस्थाले आफ्नना सम्पुर्ण गतिविधिका विषयमा समिक्षा गरेको हो । कार्यक्रममा माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले सम्पुर्ण वित्तीय गतिविधि र आगामी योजनाको जानकारी गराएका थिए । 

तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ पौष मसान्त सम्ममा १४ जिल्लाका २४ वटा शाखा कार्यालयहरु मार्फत १२ हजार ४ सय ५८ घर परिवारमा वित्तीय सेवा दिइरहेको जनाएको छ । त्यस्तै कुल कर्जा रकम ६७ करोड ६६ लाख ९७ हजार रहेको छ । माइक्रोफाइनान्सले पौष मसान्त सम्ममा १७ करोड ३९ लाख बचत संकलन गरी १ करोड ५१ लाख खुद नाफा गरेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]