January 20th, 2019

वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न 

बैंकिङ खबर । कृषि विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५२ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो  । बैंकले माघ ७ गते सोमबार वार्षिक उत्सव मनाउदै छ ।  

कृषि विकास बैंक कर्मचारी संगठन नेपालको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा कर्मचारी लगायत १०३ जनाले रक्तदान गरेका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]