January 20th, 2019

निक्षेप र कर्जा लगानी बढाएको देवः विकास बैंकको नाफा किन घट्यो ?

बैंकिङ खबर। देवः  विकास बैंककले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले निक्षेप, कर्जा तथा ब्याज आम्दानीमा सुधार गरेको भएपनि अधिकांश सूचकहरु घटेका छन् । छ महिनामा बैंकको खुुद नाफा गत वर्षभन्दा घटेको छ । बैंकको खुद नाफा १३ करोड २९ लाख रुपैयाँ छ । गत वर्ष गत वर्षको दोस्रो त्रैमासमा यस्तो नाफा १४ करोड ६ लाख रुपैयाँ थियो ।

निक्षेप तथा कर्जा
बैंकले दोस्रो त्रैमास सम्ममा १७ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरि १५ अर्र्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ चुुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा ६१ करोड ३८ लाख रुपैयाँ संचित छ । 

आम्दानी तथा खर्च
बैंकले दोस्रो  त्रैमास सम्ममा खुद ब्याज आम्दानी ३६ करोड ७३ लाख गरेको छ । बैंंकले गत वर्षको दोस्रो त्रैमासको तुलनामा कर्मचारी खर्च बढाएको छ । बैंकको कुल कर्मचारी खर्च ९ करोड ८४ लाख रहेको छ । त्यस्तै नोक्सानी व्यवस्था रकम समेत बढेर ५ करोड १२ लाख रुपैयाँ पुुगेको छ । जसले गर्दा नाफा कम देखिएको हो ।

सूचकहरु
प्रतिसेयर आम्दानी १७ रुपैयाँ २३ पैसाबाट घटेर १० रुपैयाँ ५० पैसा, प्रतिशेयर नेटवर्थ  १ सय ३६ रुपैयाँ ७९ पैसाबाट घटेर १ सय २४ रुपैयाँ २३ पैसा कायम भएको छ । खराब कर्जा अनुपात २२.१७ प्रतिशत छ  । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]