January 18th, 2019

विप्रेषण आप्रवाहमा बृद्धि भएपनि शोधानान्तर स्थिति घाटामा  

विप्रेषण आप्रवाह
चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह गतवर्षभन्दा ३१.९ प्रतिशतले वृद्धि भई ३ खर्ब ७६ अर्ब ५९ करोड पुगेको छ । असन्तम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि पछिल्लो समय डलरमा भएको बृद्धिले विप्रेषण आप्रवाह बढाएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पाँच पहिनामा ४०.२ प्रतिशतले घटेको छ । 

शोधानान्तर स्थिति
पाँच महिनामा शोधानान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा देखिएको छ । गत वर्ष सोहि अवधिमा यस्तो घाटा ५ अर्ब ४८ करोड मात्र थियो । 

विदेशी विनिमय सञ्चिति
कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ थियो । तर मंसिर सम्ममा विदेशी मुद्राको सञ्चिति घटेर १० खर्ब ६५ अर्ब ८० करोड रुपैयाँमा झरेको छ । बढदो आयात र डलरको भाउमा बृद्धि हुँदा विप्रेषण आप्रवाह बढेपनि विदेशी विनिमय सञ्चिति घटन गएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]