January 18th, 2019

एभरेष्ट बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी ३५ रुपैयाँ माथि 

बैंकिङ खबर । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको छ महिनामा १ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। जुन गतवर्षको छ महिनामा भन्दा १६ प्रतिशतले बढि हो तर रेगुलेटरि रिजर्भ पछिको नाफा जम्मा ६.६७ प्रतिशतले बृद्धि भई १ अर्ब ४ करोड रुपैयाँ भएको छ । 

आम्दनी र खर्च 
छ महिनामा बैंकले ब्याज आम्दानीमा झण्डै ४२ प्रतिशतले सुधार गरि ६ अर्ब २० करोड रुपैयाँ गरेको छ । तर संचालन खर्च साढे ४८ प्रतिशतले बृद्धि भई ३ खर्ब ५३ करोड रुपैयाँ भएको छ । तर खुद बयाज आम्दानी २ अमर्ब ६७ करोड मात्र भएको छ । 

निक्षेप र कर्जाको अवस्था
८ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले यो अवधिमा १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । जगेडाकोष बढाएर ७ अर्ब ५८ करोड रुपैयाँ पु¥याएको छ । 

सूचकहरु
बैंकको पूँजी कोष अनुपात समिक्षा अवधिमा ३.११ प्रतिशतले घटेर १२.५७ प्रतिशत कायम भएको छ । बैंकको खराव कर्जा सुधारहुँदै ०.१९ प्रतिशतमा झरेको छ । आधार व्याजदर ८.२२ प्रतिशत छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६३ पैसा कायम भएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]