January 18th, 2019

बुटवलमा बैंकिङ एक्सपो हुँदै, तयारी तिब्र गतिमा

बैंकिङ खबर। माघ ११र १२ गते बुटवलमा हुने बैंकिङ÷बीमा तथा पूँजीबाजर सम्बन्धी प्रदर्शनीको तयारी तिब्र गतिमा भइरहेको अयोजक मिडिया इन्टरनेशलले जनाएको छ । मुलुकभर वित्तीय सचेतना र बीमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, वाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्स लगायत युवा स्वरोजगार कोषको सहभागिता रहने आयोजकले जनाएको छ । 

मिडिया इन्टरनेशनलका अध्यक्ष तथा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषले उपत्यका बाहिर पनि वित्तीय सचेतना तथा बैंक र सर्वसाधारणबीचको सम्बन्ध, बीमाको पहुँच बढाउँदै उद्यमशीलताको विकास गर्न एक्सपोको आयोजना गरिएको बताए । संयोजक निर्दोषले वित्तीय सचेतनासँगै बीमाको पहुँच सर्वसाधारण सम्म पु¥याउन र बीमा जागरण बढाउन एक्सपो सफल हुने विश्वास गरे । काठमाडौंमा हरेक बर्ष संचालन हुँदै आएको एक्स्पो काठमाडौं बाहिर यो चौथो कार्यक्रम हो । 

प्रदर्शनीको तयारीका लागि बुटवलमा सचिवालय समेत स्थापना भइसकेको छ । बुटवलको कालिकानगर स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गढमा हुने प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । दुई दिन सम्म आयोजना हुने एक्सपोको अवलोकन विहान १० बजेदेखि साँझ ५ बजेसम्म गर्न सकिने छ । कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरंजीवि नेपाल, बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईं, विभिन्न बैंकरहरु, बीमकहरु  तथा नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष लगायतका संस्थाबाट प्रतिनिधित्व हुने जनाइएको छ । एक्स्पोमा प्रदर्शनीबाहेक दुइदिनसम्म बैंकिङ, बीमा र पूँजीबजारबारे लगातार रुपमा सेमिनार आयोजना गरिने छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]