January 17th, 2019

खोज पत्रकारिताको रिपोर्टमा सत्यता नभएको वसायीहरुको दावी, हेरौं कसले के भने ?

बैंकिङ खबर । ५५ जना नेपालीले विश्वका विभिन्न बैंकमा अवैध रकम राखेको र लगानी गरेको विषय सार्वजनिक भएपछि उद्यमी ब्यवसायीहरु तरङिगत बनेका छन । कतिपय ब्यवसायीहरुले पत्रकार सम्मेलन गरी उक्त बिषयको खण्डन गरेका छन । ब्यवसायीहरुले आफुहरुले गलत तरिकाबाट काम गरेको प्रमाण भेटिए सरकारले जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन । 

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संगठन ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) र खोज पत्रकारिता केन्द्र नेपालले गरेको अनुसन्धानबाट ५५ नेपालीको ५४ अर्ब रुपैयाँ विदेशी बैंकमा राखेको खुलासा गरेको हो । करछलीको उद्देश्यले विदेशी बैंकमा रकम राखेको र लगानी गरेको उल्लेख गरिएको छ । विदेशी बैंकमा पैसा राख्ने, विदेशमा कम्पनी खोल्ने र वैदेशिक लगानी भन्दै अवैध रकम नेपाल भित्र्याउने गरेको रिपोर्टमा उल्लेख छ । तर व्यवसायी राजेन्द्र बजगाईले भने सार्वजनिक भएको रिपोर्ट नै गलत भएको दावी गरेका छन् । 

कर छली गर्न विदेशमा लगानी गरेकोमा मुछिएका एक व्यवसायी चन्द्र प्रसाद ढकालले भने पत्रकार सम्मेलन गरेरै खण्डन गरेका छन् । आइएमई गु्रपका अध्यक्ष ढकालले कुनैपनि ट्याक्स हेभन अर्थात् कर छली मुलुकबाट आफूले लगानी नभित्र्याएको दावी गर्दै आफुले गरेका कुनैपनि काम गलत भए सरकारलले गर्ने जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन नरबहादुर थापाले सामान्यतया नेपाली नगरिकले विदेशमा लगानी गर्नै पाइँदैन । गर्ने परेपनि त्यसका धेरै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको अनुमतिविना कुनैपनि देशमा लगानी गर्न पाइँदैन । 

गैरआवासीय नेपालीले भने स्रोत स्पस्ट पारेर विदेशमा लगानी गर्न पाउँछन् । जसरी रिपोर्टहरु सार्वजनिक भएका छन त्यसमा सत्यता छ भने र विदेशमा लगानी गरेको भए त्यो कर छलिको नियतबाट प्रेरित भएर काम गरेको हुन सक्ने सम्पत्ति शुद्धिकरण विभागका सूचनाअधिकारी विनोद लामिछानेको ठहर छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]