January 17th, 2019

पाँच महिनामा ३.७ प्रतिशत मूल्यबृद्धि, आयात ३४.२ प्रतिशतले बढ्यो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा ३ दशमलव ७ प्रतिशत मूल्य बृद्धि भएको जनाएको छ । पाँच महिना सम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक सूचकहरु सकारात्मक रहेको जनाएको हो ।

गत वर्ष पाँच महिनामा ४ दशमलव २ प्रतिशत मूल्य बृद्धि भएकोमा यस वर्ष घटेर ३ दशमलव ७ प्रतिशतमा झरेको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क गत महिना प्रधानमन्त्री ओलिले संसदमा राखेको मन्तव्यसंग मिल्न जान्छ । आर्थिक तथा वित्तीय स्थितिमा आयातमको बृद्धिदर ३४ दशमलव २ प्रतिशत र निर्यातको बृद्धिदर ११ दशमलव २ प्रतिशत रहेको छ ।

विप्रेषण आप्रवाह ३१ द्यशमलव ९ प्रतिशतले बढेको छ । शोधानान्तर स्थीति अर्झपनि ८५ अर्ब ३२ करोड रुपैयाँ घाटामा रहेको छ । नगद प्रवाहमा आधारित सरकारी खर्च ६ दशमलव ८ प्रतिशत र राजस्व संकलन २६ दशमलव ३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थामा ६ दशमलव २ प्रतिशतले निक्षेप बढेको छ भने निजी क्षेत्रको कर्जा १० दशमलव २ प्रतिशतले बढेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]