January 17th, 2019

मुनाफामा ४२ प्रतिशले बृद्धि गरेको वोमीको सबै सूचक सकारात्मक

बैंकिङ खबर। वोमी माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ६२ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत अर्थिक बर्षको सोहि अवधिको  भन्दा ४१.९७ प्रतिशतले बढि हो । गत बर्ष १ करोड ८४ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

१० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सको जगेडाकोषमा ७ करोड ५५ लाख ४६ हजार रुपौयाँ रहेकोे छ । कर्जा तर्फ पनि ४२.१७ प्रतिशतले बृद्धि गरी १ अर्ब ४६ करोड ९६ लाख ९७ हजार लगानी गरेको छ । माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी  ५७.२१ प्रतिशतले बढेर ३ करोड ७० लाख ४० हजार पुगेको छ । वोमीले ५० करोड ८३ लाख ७ हजार रुपैयाँ वचतको रुपमा संकलन गररे निक्षेपको परीचालन गरेको छ । 

८ करोड ३० लाख ८४ हजार संचालन मुनाफा कमाएको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ९४ पैसा, मुल्य आम्दानी अनुपात२१.८३ गुणा र प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ७३ पैसा रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]