January 16th, 2019

माग र आपूर्तिको सन्तुलन विग्रदा सेयर बजारमा गिरावट

बैंकिङ खबर । बुधबार सेयर बजारमा परिसूचक नेप्से घटेको छ । बजारमा माग बढदैजाँदा सेयरको विक्रीचाप बढनगई सन्तुलन विग्रन गएकाले परिसूचक नेप्से ऋणात्मक बनेको हो ।

परिसूचक नेप्से ७.५७ अंकले घटेर १ हजार १ सय ८७ दशमलव ९७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ अंक बढिले घटेर २ सय ५१ दशमलव ५० अंकमा बन्द भएको छ । कारोबारमा आएका परिसूचकहरु मध्ये व्यापार जलविद्युत र उत्पादन तथा प्रशोधन समुहमा मात्र बृद्धि छ भने अन्य सबै समुह घटेका छन् । बाजार खुलेको २ घण्टा सम्म उतारचढाव देखिएपनि त्यसपछि नेप्सेमा लगातार घटदो अवस्था देखियो ।

परिसूचकमा कमि आएपनि माग बढन जाँदा कारोबार रकम भने बढेको छ । १ सय ६९  कम्पनीको १७ लाख ४४ हजार १ सय ८७ कित्ता सेयर ५३ करोड ६ लाख ५१ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भयो । बुधबार पनि माथिल्लो तामाकोशीको सेयरमा लगानीकर्ताको आकर्षण बढि देखियो । त्यसैले कारोबार भएको केहि समयमा नै यो कम्पनीमा सर्किट ब्रेक लागेको थियो । नेपाल बैंकको सेयर सबैभन्दा बढि ८ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नागरिक लगानी कोषको सेयर कारोबार पनि उच्च छ ।

माथिल्लो तामाकोशी र नेपाल हाइड्रोका सेयरधनीले झण्डै १०  प्रतिशतले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले साढे सात प्रतिशतले गुमाएका छन् । माइक्रोफाइनान्सको दोस्रो त्रैमासको वित्तीय विवरणमा नाफा घटेपछि दोस्रो बजारमा सेयर मूल्यमा गिरावट आएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]