January 16th, 2019

सेयर मार्जिन कारोबारका लागि धितोपत्र वोर्डले ब्याजदर निर्धारण गर्न पाउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सेयरको मार्जिन कारोबारको लागि नेपाल धितोपत्र बोर्डलाई नै व्याजदर निर्धारण गर्न जिम्मा दिएको छ । राष्ट्र बैंकले मार्जिन कारोबारको कार्यविधी तयार पारेपछि सम्पुर्ण वित्तीय कारोबारको नियमन गर्ने अधिकार आफ्नो मात्र हुने बताएको थियो । तर अर्थमन्त्रालयले मुद्रा तथा पूँजी बजारको सुधारका लागि गठन गरेको उच्चस्तरिय कार्यसमितिको बैठकमा गभर्नर डा. चिरन्जीबि नेपालले मार्जिन कारोबारमा राष्ट्र बैंक बाधक नबन्ने जनाएका थिए । पछिल्लो समयको अवस्था र लगानीकर्ताको विरोधपछि राष्ट्र बैंकले मार्जिन कारोबारको सबै व्यवस्था मिलाउन धितोपत्र वोर्डलाई आग्रह गरेको हो । 

राष्ट्र बैंकले बाटो खुला गरिदिएकाले मार्जिन कारोबारका विषयमा छिट्टै निर्णय गर्ने तयारीमा नेपाल धितोपत्र वोर्ड लागेको छ । बोर्डले गएको कत्तिक २० गते मार्जिन कारोबार गराउने सम्बन्धमा कार्यविधि समेत ल्याइसकेको थियो । 

कस्ता कम्पनीले मार्जिन सुविधा दिन सक्छन?
१० हजार भन्दा धेरै शेयरधनी भएको हुनुपर्ने
कम्पनीको खुद सम्पत्ती ऋणात्मक नभएको हुनुपर्ने
कम्तिमा पछिल्लो दुई आर्थिक वर्षमा न्यूनतम १० प्रतिशत लाभांस वितरण गरेको हुनुपर्ने
एक वर्षमा कम्तिमा ८० दिन शेयर कारोबार भएको हुनुपर्ने । 
दोस्रो बजारको अवस्था अनुसार ५० प्रतिशत भन्दा बढी मार्जिन सुविधा दिन सक्ने 

कार्यविधिमा ब्रोकरले दिन सक्ने सुविधा, सिमा तथा बयाजदरको विषयमा भने खुलाइएको छैन् । राष्ट्र बैंकले बाटो खुल्ला गरेकाले नेप्से र वोर्ड बसेर निर्देशिका तयार गर्नुपर्ने स्रोतले बताएको छ । वोर्डले मार्जिन कारोबार गराउन ब्रोकर कम्पनीलाई पूँजी बृद्धि गर्न निर्देशन दिएको थियो । सोहि अनुसार केहि ब्रोकर कम्पनीले पूँजी पुर्याईसकेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]