January 16th, 2019

माथिल्लो तामाकोशीद्धारा सञ्चयकर्ता सेयरधनीलाई साधारण सेयरको डिम्याट गर्न निर्देशन

बैंकिङ खबर । माथिल्लो तामाकोशीले सञ्चयकर्ता सेयरधनीहरुलाई साधारण सेयरको अभौतिकरण (डिम्याट) गर्न निर्देशन दिएको छ । कम्पनीले तीन वर्ष अगाडि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको लागि २ करोड ५४ लाख १६ हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको थियो । तीन वर्ष अगाडि प्राथमिक सेयर निष्काशन गर्दा डिम्याट गर्ने प्रणाली थिएन । 

कम्पनीले तीन वर्षसम्म लकिङ पिरियड तोकेको थियो । लकिङ पिरियड सकिएको हुँदा सञ्चयकर्ताले दोस्रो बजारमा कारोबार गर्न पाउने भएका हुन् । दोस्रो बजारमा कारोबार गर्नका लागि सेयर प्रमाणपत्रलाई अभौतिकरण गर्नुपर्ने भएकोले आफ्नो सेयर प्रमाणपत्रलाई डिम्याट गर्न कम्पनीले सूचना जारी गरेको हो ।

डिम्याट गर्नको लागि सबैभन्दा पहिला हितग्राही (डिम्याट) खाता खोल्नु पर्ने हुन्छ । हितग्राही खाता भएको संस्थामा गएर सञ्चयकर्ताहरुले आफ्नो सेयर प्रमाणपत्र डिम्याट गर्न सक्ने छन् । डिम्याट भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

कम्पनीले सेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले नेपाल स्टक एक्चेन्जमा १० करोड ५९ लाख कित्ता प्राथमिक शेयर सूचीकृत गरी कारोबार सुरु गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]