January 16th, 2019

नेपालमा किन बढ्दै गयो भाइबर बैंकिङ ? के सेवा पाउन सकिन्छ ?

बैंकिङ खबर । नेपालमा पछिल्लो समय बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु भित्रिरहेका छन् । जसमध्येको एक हो, भाइबर बैंकिङ । आजकल हरेक व्यक्तिको हातमा स्मार्ट फोन रहेको छ । भाइबर पनि लोकप्रिय सामाजिक संजाल बनिसकेको छ । यस्तो अवस्थामा, बैंकहरु पनि ग्राहकहरुसँग भाइबरमार्फत जोडिन थालेका छन् । बैंकहरुले भाइबरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सम्बन्धि सम्पुर्ण जानकारीहरु उपलब्ध गराउछन् ।  

भाईबर बैंकिङ सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ सेवाको बारेमा जानकारी लिन सक्ने छन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाईल बैंकिङ सेवामा रजिष्टर गरिएको हुनुपर्छ । मोबाईल बैंकिङ सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता ग्राहकहरुले भाईबर बैंकिङ मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सक्नेछन् । यो सेवा बैंकमा खाता नभएका व्यक्तिले समेत उपयोग गर्न सक्छन् । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्छन् । भाइबर बैंकिङ सेवा मार्फत ग्राहकहरुलाई घरमै बसेर सेवा लिन सक्नेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]