January 15th, 2019

विदेशमा अध्ययन गर्नका लागि तीन दिन मै कर्जा पाइने

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक र नेपाल शैक्षिक परामर्श संघ (ECAN) विच विदेशम अध्ययन गर्नजाने विद्यार्थीका लागि शैक्षिक कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । संघको बार्षिक साधारणसभाले ग्लोबल आइएमई बैंकलाई संघको आधिकारीक बैंक बनाउर्ने निर्णय गरेको थियो । उक्त निर्णयका आधारमा संघका तर्फबाट अध्यक्ष विष्णुहरि पाण्डे र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात् उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीहरुलाई बैंकले सरल र सुलभ तरिकाले ३ दिनभित्र शैक्षिक कर्जा उपलब्ध गराउने छ । संघमा आवद्ध कन्सल्टेन्सिहरुले पनि आफ्नो कन्सल्टेन्सि मार्फत अध्ययन गर्न जाने विद्यार्थिहरुलाई शैक्षिक कर्जाको लागी बैंकमा जानको लागि सिफारिस गर्ने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]