January 15th, 2019

नेप्से बढ्यो, चार कम्पनीका सेयरधनीले झण्डै १० प्रतिशतले कमाए 

बैंकिङ खबर । सेयर बजारमा मंगलबार बजार खुलेदेखि नै परिसूचक नेप्से सकारात्मक रहयो । बजारमा विक्रीचाप निकै न्यून हुँदा परिसूचक नेप्से बढन सघाउ पुगेको देखिन्छ । पुष मसान्त सकिएकाले पनि कतिपय लगानीकर्ताले कारोबार बढने अपेक्षा गरेका छन् । जसले गर्दा सेयरको विक्री न्यून छ भने खरिदचाप बढि देखिन्छ ।

मंगलबार नेप्से १७.५१ अंकले बढेर ११८७.५४ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.०६ प्रतिशतले बढेको छ । लगानीकर्ताको चहलपहल कमभएपनि करोबार रकम सोमबारको तुलनामा बढेको छ । भने न्यून छ । १ सय ५८कम्पनीको ३९ करोड ७३ लाख ५५ हजार ५ सय ४० रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।
 
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएपछि स्थिर जस्तै रहेको सेयर बजारमा पुष मसान्तको प्रभाव परेको थियो । बैंकमा ब्याजदर कम हुँदा सेयर बजार सकारात्मक हुने भएकाले परिसूचक बढन सक्ने विश्लेषकहरुको भनाई छ । तर पुष महिनामा मात्रै राजश्व बापत एक खर्ब बढि रकम बैंकिङ प्रणालीबाट सरकारी ढुकुटीमा गएको छ । जसले गर्दा बैंकहरु फेरि लगानीयोग्य रकम अभावको सामना गर्नुपर्ने अवस्थामा पुग्न सक्छन् । त्यसैले सेयर बजारमा फेरि दबाबमा पर्न सक्ने कतिपय लगानीकर्ताको बुझाई छ ।
 
मंगलबार नागरिक लगानी कोषको सेयर कारोबार सबैभन्दा बढि ८ करोड रुपैयाँ भन्दा बढिको भएको  छ । नागरिक लगानी कोष, ग्रामिण विकास बैंक, माथिल्लो तामाकोशी र अरुण काबेलीका सेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । शिद्धार्थ इक्यूटि फण्डका इकाइधनीहरु र गण्डकी विकास बैंकका सेयरधनीहरुले करिब ३ प्रतिशतले गुमाएका छन् । 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]