January 15th, 2019

सिर्जना फाईनान्सको अध्यक्षमा सुयश प्याकुरेल

बैंकिङ खबर । सिर्जना फाईनान्सले अध्यक्षमा सुयश प्याकुरेललाई निरन्तरता दिने भएको छ । फाइनान्सको अठारौंं बार्षिक सधारण सभाबाट निर्वाचित सञ्चालक समितिको प्रथम बैठकले अध्यक्षमा सुयश प्याकुरेललाई निरन्तरता दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैक, बिराटनगरका निर्देशक बिनोदराज आचार्यले अध्यक्ष सुयश प्याकुरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

कार्यक्रममा बोल्दै, अध्यक्ष प्याकुरेलले यस बित्तीय संस्थालाई सेयरसदस्य तथा ग्राहकहरुले अत्यन्त माया र बिश्वासको अपेक्षा गरेका छन । ग्राहकको विशवासलाई दिगो बनाउन नेपाल राष्ट्र बैंक तथा नियमनकारी निकायबाट प्राप्त निर्देशन पालना गर्दै नेपालको अग्रणी संस्था बनाउने बताए ।  ग्रामीण तथा शहर बजारमा दरिलो उपस्थिति जनाउदै व्यबसाय बिस्तार गरी आगामी बर्ष राष्ट्रिय स्तरको बन्ने समेत जानकारी दिए । 

सोही कार्यक्रममा निर्वाचित सञ्चालक सुवास आचार्य र राजीब कुमार मिश्रलाई अध्यक्ष सुयश प्याकुरेलले सपथ ग्रहण गराए । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]