January 15th, 2019

माछापुच्छ्रे बैंक,टाइम्स रेमिट र ए.एम.भी टेलकम्पनीबीच सम्झौता

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले टाइम्स रेमीट र ए.एम.भी. टेलकम्पनीसाग सम्झौता गरेको छ । बैंकले बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागि सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता गरेको हो ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, टाइम्स रेमीटका तर्फबाट प्रबन्ध निर्देशक अनिल स्थापित र ए.एम.भी. टेलको तर्फबाट  प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे ।  

सम्झौता पछि माछापुच्छ्रे बैंकका ग्राहक एवंम सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्सर बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस रेमिटएप ,आईओएस तथा एन्ड्रोएड दुबै ओपरेटीङ सिस्टम प्रयोगकर्ताको लगि उपलब्ध छ ।
बैंकले ९० वटा शाखा, २ एक्सटेन्सन काउण्टर, १११वटा एटिएमहलगायत ५२ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १४४ स्थानबाट ग्राहकलाई आधुनिक बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]