January 15th, 2019

पाउलान त वैदेशिक रोजगारीबाट फर्केका युवाले ऋण ?

बैंकिङ खबर। सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई १० लाख सम्म सहुलियत ब्याजदरमा ऋण दिने भएपछि २० हजार बढि युवाले २० अर्ब बढि ऋण माग गरेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार करिब २१ हजार युवाले प्रत्यक्ष र अनलाइनमार्फत आवेदन दिएका छन् । युवाहरुले व्यवसायीक योजना सहित ऋणको माग गर्न सक्ने छन् । 

बोर्डले ऋण आवेदन अध्ययन गरी अर्थ मन्त्रालय, राष्ट्र बैंक र श्रम मन्त्रालयको छलफलमा पठाउने छ । त्यस लगत्तै राष्ट्र बैंकबाट बैंकहरुलाई कर्जा प्रवाह गर्न निर्देशन हुने छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]