January 15th, 2019

पश्चिम रुकुममा कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम 

बैंकिङ खबर। कुमारी बैंकले रुकुमका विभिन्न स्थानीय तहमा शाखारहित बैंकिङ्ग सेवा सुरुगरेसँगै वित्तीय साक्षरता सम्बन्धि कार्यक्रमहरु समेत गरेको छ । पश्चिम रुकुमको मुसीकोट स्थित बालकल्याण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले विद्यालयलाई १ थान ल्यापटप र १ थान प्रोजेक्टर समेत हस्तान्तरण गरेका छन् । बैंकले मुसिकोटमा बैंकिङ शाखाबाट सेवा दिदै आएको छ । 

कुमारीले आफ्ना ८८ शाखाहरु, ८१ एटिएमहरु तथा २ एक्सटेन्सन् काउन्टरहरुबाट बैंकिङ सेवा दिदै आएको छ । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]