January 15th, 2019

म्यादी बीमालाई बीमापुल मार्फत संचालन गरिने  

बैंकिङ खबर । बीमा समितिले बैदेशिक रोजगार बीमा सामुहिक रुपमा संचालन गर्ने तयारी गरेको छ । बैदेशिक रोजगार बीमामा नक्कली पोलिसिको समस्या बढेपछि समितिले उक्त समस्याको समाधानका लागि अध्ययन समिति गठन गरेको थियो । अध्यन समितिमा प्राईम लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई, सिटिजन्स लाईफ इन्स्योरेन्सका प्रमु कार्यकारी अधिकृत पोषकराज पौडेल, युनियन लाईफ इन्स्यारेन्स प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्ण र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत रहेका थिए । चार जना सम्मिलित उक्त समितिले बैंदेशिक रोजगार बीमाबाट ठगिने समस्याको समाधानको लागि सम्पुर्ण जीवन बीमा कम्पनीलाई समेटेर बैदेशिक रोजगारमा जानेहरुका लागि बजार हिस्साका आधारमा भागवण्डा गरिने व्यवस्था गर्नुपर्ने सुभाव दिएको थियो । सोहि आधारमा बीमा समितिले माघ १ गते मंगलबारदेखि नै लागु हुनेगरी पुलको आधारमा म्यादी बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसले बजारमा हुने अस्वस्थ प्रतिष्पर्धा रोक्ने छ ।
 
बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएअनुसार पुलका आधारमा गरिने म्यादी बीमा हालसम्म संचालनमा रहेका सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई समेट्ने गरी लागु गरिएको हो । 

पुल अवधारणा अनुसार बैदेशीक रोजगार बीमाको लागि आवाश्यकता अनुसार काउन्टर स्थापना गरीने छ । बिमितले प्रिमियम बुझाउन बैंकमा खाता संचालन गर्नुपर्ने व्यवस्था गरेको छ । बिमितले बैदेशिक रोजगार बीमा गर्दा सर्बप्रथम बीमा वापतको प्रिमियम बीमापुलको लागि स्थापना गरेको बैंक खातामा रकम जम्मा गर्नुपर्ने र बीमापुलको काउन्टरमा रकम जम्मा गरेको भौचर सहितको बैदेशिक रोजगारको फारम बुझउनुपर्ने ब्यवस्था गरिएको पौडेलले बताए ।

यसरी बीमापुल अन्तरगतको खातामा जम्मा भएको प्रिमियमलाई पुलमा आवद्ध सम्पुर्ण जीवन बीमा कम्पनीहरुले निश्चित समयावधिमा बाँडेर आफ्नो प्रमियमको रुपमा लैजाने तथा दाबी परेको बीमालाई पनि त्यसरी नै समान रुपमा बाँडेर नै भुक्तानी गर्ने गरी बीमापुललाई अगाडी बढाइएको पौडेलले जानकारी दिए । उक्त ब्यवस्था लागु भएपछि बैदेशिक रोजगारमा जानेहरु आफुले गरेको बीमाबाट ठगिने समस्याको अन्त्य हुने विश्वास बीमा समितिको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]