January 14th, 2019

हिमालयन बैंकको लाभांश पारित

बैंकिङ खबर । हिमालयन बैंकले आफ्ना सेयरधनीलाई १५.७८९५ प्रतिशत  लाभाश वितरण गर्ने भएको छ । बैंकको छब्बीसौं वार्षिक साधारणसभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने बैंकले जनाएको छ । 

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन प्रस्तुत गरे । अध्यक्ष श्रेष्ठले २६ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख समेत गरे । 

अध्यक्ष श्रेष्ठले बैंकले आ.व. २०७४/७५ अन्त्य सम्म  ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र  ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको जानकारी गराए । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढेको हो । 

उक्त सभामा सर्ब साधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ मा विजय बहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित भएका हुन् । 

चालु आर्थिक वर्षमा बैंकले ६ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने बैंकले जनाएको छ ।  


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]