January 14th, 2019

मेरो माइक्रोफाइनान्सद्धारा कैलालीको बौनियामा रक्तदान कार्यक्रम सम्पन्न 

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्सले कैलालीको बौनियामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   मेरो माइक्रोफाइनान्स लघुवित्तको शाखा कार्यालय बौनियांको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ३० पिण्ट रगत संकलन भएको थियो ।

उक्त कार्यक्रमको उद्घाटन मेरोमाइक्रोफाइनान्स क्षेत्रीय कार्यलय कृष्णपुर कञ्चनपुरका अनुगमन अधिकृत शुशिल कुमार चौधरी तथा रेडक्रसका मञ्जुराम चौधरीले संयुक्त रुपमा गरेका हुन् । 

यस संस्थाले हाल  देशभर ८६ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]