January 14th, 2019

पुँजी वृद्धिका लागि म्याद थपिँदैन : बीमा समिति

बैंकिङ खबर । बीमा समितिले बीमा कम्पनीहरुलाई पूँजी बृद्धिको लागि पुनः मिति नतोक्ने भएको छ । चिरञ्जिबी चापागाईँ बीमा समितिको अध्यक्षमा नियुक्त भएपछि पुुँजी कम भएका कारण बीमा कम्पनीको अवस्था कमजोर भएको भन्दै सम्पुर्ण बीमा कम्पनीको पूँजी दोब्बर बनाउन निर्देशन दिएका थिए । यसका लागि बीमा कम्पनीहरुलाई दुई बर्ष अथवा २०७५ असार मसान्तसम्मको समयावधि दिइएको थियो । तर दुई बर्षको उक्त समयावधिमा केहि बीमा कम्पनीहरुले बाहेक अन्यले पूँजी पुर्याउने सकेनन् । 

बीमा समितिले बोनसबाट पूँजी पुर्याउनको लागि भन्दै पुष मसान्तसम्म म्याद थप्यो । पुष मसान्तमा पनि पूँजी पुर्याउन नसकेका बीमा कम्पनीहरुलाई बीमा समितिले अर्ब पुनः मिति तोकेर समय थप नगर्ने भएको छ । म्याद नथप्ने भने पनि बीमा समितिले कारबाहि गर्न भने लागेको हैन । समितिले अब पूँजी पुर्याउन नसककेका बीमा कम्पनीहरुलाई आन्तरिक रुपमा पूँजी बृद्धिको अवस्थाको बारेमा पत्राचार गर्ने तयारी गरिरहेको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमन पौडेलले जानकारी दिए । पत्राचार गर्दा समितिले पूँजी पुर्याउन लाग्ने समय माग गर्नेछ । यदि पूँजी पुर्याउन नसक्ने भएमा मर्जरमा जान निर्देशन दिने तयारी बीमा समितिले गरिरहेको उनले बताए । 

हालसम्म जीवन बीमा तर्फ नेपाल लाईफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले मात्र पूँजी पुर्याएका छन् भने केहि कम्पनीले आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट बोनस दिएर पुर्याउन सक्ने देखिएको छ । त्यस्तै निर्जीवनतर्फ शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन जनरल र नेको इन्स्योरेन्स पूँजी पुर्याउन सफल भएका छन् । केहिको भने आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट बोनस दिँदा पुग्ने देखिएको छ । 

बीमा समितिले गत आर्थिक बर्षदेखि अनिवार्य रुपमा एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण परीक्षण गराउनुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाको कारण बीमा कम्पनीहरुको लेखा परीक्षणमा ढिलाई हुँदा कम्पनीहरुको साधारणसभा बोलाउन पनि ढिला भएको छ । साधारण सभा बोलाउन नसकेको कारण बोनसबाट पूँजी बढाउने योजनामा रहेका कम्पनीहरुले पूँजी पुर्याउन सकेका छैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]