January 14th, 2019

सेयर बजारमा ११.७४ अंकको बृद्धि, २६ करोडमाथिको कारोबार

बैंकिङ खबर । सोमबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार ११.७४ अंकले बढेर १,१८६.८० अंकमा कायम भएको छ । बैंकिङ बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समुह १७७.०७ अंकले बढेको छ । 

दिनभरिमा १५८ वटा कम्पनीको ८ लाख ५ हजार ६ सउ एक कित्ता सेयर ३ हजार ६ सय २५ पटक खरिदविक्री हुँदा २६ करोड ८१ लाख २४ हजार ६ सय ४४को कारोबार भएको छ । 

नेपाल बैंक र नागरिक लगानी कोषको ४ करोडमाथिको कारोबार भएको छ । यसबाहेक, सिद्धार्थ बैंकको ९४ लाख २९ हजार ३ सय ३९, वोमी माइक्रोफाइनान्सको ९३ लाख ७ हजार ५ सय ७६, कृषि विकास बैंकको ७१ लाख १९ हजार ४ सय ६४, एनसीसी बैंकको ५९ लाख ४५ हजार ८ सय ४२, एनएमबि बैंकको ५४ लाख ६१ हजार २ सय ४४ को कारोबार भएको छ । त्यसैगरी, साना किसान विकास बैंक, उपर तामाकोशि हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्सको क्रमशः ५० लाख ८ सय ६६, ४७ लाख ८२ हजार ५ सय ४० र ४७ लाख ६९ हजार ८ सय ६९को कारोबार भएको छ । 

उपर तामाकोशि हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५० प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त, सिटि एक्सप्रेस फाइनान्स, गोर्खाज फाइनान्स, वोमी माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, वेष्ट फाइनान्स, युनाइटेट इन्स्योरेन्स, साल्ट ट्रेडिङ लगायतका सेयरधनीले कमाएका छन् । 

बैंक अफ काठमाडौंका सेयरधनीले ५ प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, अरुन कावेली पावर, अपि पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, पुर्णिमा विकास बैंक, बरुन हाइड्रोपावर, नेशनल माइक्रोफाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]