January 14th, 2019

आरविवि मर्चेन्ट बैंकिङको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर ।  राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष किरण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक बर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्ताबहरु पारित गरेको छ । 

मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारीले सरकारी निकायबाट सञ्चालित संस्थाले मर्चेन्ट बैंकिङ व्यवसायमा सर्वसाधारणको सहज पहुँचका लागि राष्ट्रिय वाणिज्य बैंकका देशभरी छरिएर रहेका शाखाहरूबाट सहज रूपमा हितग्राहीखाता खोल्ने सुविधा प्रदान गरिरहेको छ ।

साथै निकट भविष्यमा नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ताको हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निष्काशन कार्य गर्ने भएको छ । आगामी दिनहरुमा यस कम्पनीले मर्चेन्ट बैंकिङ सेवाको विकास र विस्तारमा अग्रणी भूमिका खेलेर विशेष गरि दुरदराजमा रहेका आम लगानीकर्ताहरुलाई सेवा दिने लक्ष्य रहेको आरविवि मर्चेन्ट बैंकिङले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]