January 14th, 2019

कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको गोंगबुमा

बैंकिङ खबर । कामना सेवा विकास बैंकले टोखा नगरपालिकाको गोंगबमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटान बैंकका संचालकद्वय देव कृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा गरे ।

कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृतले बैंकले प्रदेश १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भर्ईरहेको र अन्य ठाउँमा समेत शाखा विस्तार गर्ने बताए । 

हाल बैंकले ६३ वटा शाखा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]