पाल्पाको जब्गादीमा निर्धन उत्थान लघुवित्तद्धारा बाख्रापालन तालिम सम्पन्न

January 13, 2019

बैंकिङ खबर ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थाका आफना २१ जना ग्राहक सदस्यहरुको सहभागितामा पाल्पा जिल्लाको रामपुर नगरपालिका वाड नं. ९ जब्गादीमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षकहरु हरि सिग्देल, क्षेत्रीय प्रमुख राधेश्याम साहनी, शाखा प्रमुख सन्त बहादुरर गुरुङ्ग रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका कार्यक्रम अधिकृत राधेश्याम साहनीले बताए ।

तालिममा प्रशिक्षकहरुले बाख्रापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाख्रापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातिय परिचय, बाख्रापालन विधि, उमेर अनुसार पाठापाठी, बाख्रा बोकालाई भूँईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, उमेर अनुसार बाख्रालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरु (भूँई घाँस, डाले घाँस, चरन क्षेत्र बारे जानकारीको साथै सन्तुलित दाना बनाउने विधि र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, प्रजननको लागि बाख्रा तथा बोकाको छनौट गर्ने तरिका, प्रजनन गराउने उमेर, स्वजातिय तथा प्रजातिय प्रजननबाट हुने फाईदा बेफाईदाका बारेमा जानकारी लिएका थिए । 

संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । २०७५ कात्र्तिक मसान्तसम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ कात्र्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अरब ११ करोड ६५ लाख बचत परिचालन गरेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *