January 13th, 2019

जाजरकोटको डल्लीबजारमा एनआईसी एशिया बैंकको नयाँ शाखा

बैंकिङ खबर । एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको नलगाड नगरपालिका वडा नं ७,जाजरकोट स्थित डल्लीबजारमा स्थापना गरेको छ । नयाँ शाखाको उद्घाटन नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले गरे । 

बैंकले मुलुकभर २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब  १६९ अर्ब तथा कर्जा १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]