January 13th, 2019

किसान माइक्रोफाइनान्सको नबिकेको हकप्रद लिलामीबाट विक्री गरिने

बैंकिङ खबर। किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले ४ हजार २ सय ८० कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । माइक्रोफाइनान्सले संस्थापक समूहतर्फको ४ हजार ९७ कित्ता र सर्वसाधारण समूहतर्फको १ सय ८३ कित्ता सेयर विक्री गर्न लागेको हो । 

माइक्रोफाइनान्सले गत मंसिरमा विक्रीमा राखेको हकप्रदमध्ये विक्री नभएको सेयर पुनः विक्री गर्न लागेको हो । माघ ६ गतेदेखि १३ गतेभित्र लगानी गर्न इच्छुक लगानीकर्ताले आवेदन दिनुपर्ने जनाएको छ । न्यूनतम एक सय रुपैयाँ अंकित मूल्य नघटाई आवेदन दिनुपर्ने छ । माइक्रोफाइनान्सको विक्री प्रवन्धक सिभिल क्यापिटल रहेको छ । 

हाल माइक्रोफाइनान्सको सेयर कारोबार दोस्रो बाजरमा ९ सय २० रुपैयाँ भन्दा माथिको मूल्यमा भइरहेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]