राजश्व बुझ्न शनिवार पनि बैंकका काउण्टर खुल्ने    

January 12, 2019

नेपाल राष्ट्र बैंकको निर्देशनपछि राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर शनिबार पनि संचालनमा आएका छन् । 

शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राख्न र नियमितरुपमा राजस्व बुझ्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । 


अर्थ मन्त्रालयलको आग्रह अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ ।

यस्तै, राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *