January 11th, 2019

लगानीकर्ताको चहलपहल घटेपनि साताको शेयर बजार सकारात्मक 

बैंकिङ खबर । यो साता शेयर बजारमा परिसूचक नेप्सेमा बृद्धि भएको छ । पुष मसान्तको प्रभावका कारण लगानीकर्ताको चहलपहल घटेपनि परिसूचकमा सुधार देखिएको हो । 

शेयर बजारमा लगानीकर्ताको उपस्थिति कम हुँदा यो साता कारोबार न्यून रहयो भने परिसूचकमा समेत सामान्य उतारचढाव भयो । नेप्से परिसूचक झण्डै २ अंकले बढेर ११८०.८४ अंकमा बन्द भयो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५९ अंकले बढेर २५०.६५ अंकमा बन्द भएको छ । लगानीकर्ताको चहलपहल न्यून भएपनि १ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएपछि स्थिर जस्तै रहेको शेयर बजारमा पुष मसान्तको प्रभाव परेको छ । यो समयमा करिब ८० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट सरकारी ढुकुटीमा जाने भएकाले बैंकहरुले कर्जा तथा लगानी रोकेका छन् । त्यस्तै बैंकबाट शेयर धितोकर्जा लिई शेयरमा लगानी गर्ने लगानीकर्ताले बैंकलाई ब्याज तथा साँवा भुक्तानी गर्ने भएकाले पनि नेप्से दबाबमा देखिएको हो । अर्कोतर्फ कम्पनीहरुले लाभांश घोषणा गरिरहेकाले पनि बजारलाई सकारात्मक प्रभाव पारेको देखिन्छ । जसले गर्दा यो साता नेप्से सकारात्मक रहेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]