January 11th, 2019

छिट्टै सबै स्थानीय तहमा पुग्दै बैंकहरु 

बैंकिङ खबर । छिटै नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती पुग्ने भएको छ । हाल ६९९ स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् । 

७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी योजना अनुसार नेपाल राष्ट्र बैंकले १८ महिना अगाडी वाणिज्य बैंक नपुगेका स्थानीय तहहरुमा शाखा खोल्न निर्देशन दिएको थियो । त्यतिबेला ७५३ मध्ये २९५ स्थानीय तहमा मात्र वाणिज्य बैंकको उपस्थिती रहेको थियो । बैंकहरुले डेढ बर्षको अवधिमा ४०४ स्थानीय तहमा शाखा विस्तार गर्न सफल भएका छन् ।

बाँकीमा छिटै पुग्दै
अहिले वाणिज्य बैंक पुग्न बाँकी स्थानीय तह ५४ मात्रै छन् । यी स्थानीय तहमा पनि बैंकको शाखा पुर्याउन बैंकहरुले काम गरिरहेको राष्ट्र बैंकले जनाएको छ । 

पुर्वाधार एवम् सुरक्षाको अभावका कारण बाँकी रहेका स्थानीय तहमा शाखा विस्तार गर्न नसकेको बैंकहरु बताउँछन् । अब ती स्थानीय तहहरुमा पनि जतिसक्दो छिटो शाखा स्थापना गर्न लागी परेको एक बैंकरले बताए ।

नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंकले १।१ स्थानीय तहमा, सिभिल बैंक र नेपाल बैंकले २।२ स्थानीय तहमा, राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकले ३।३ स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ । त्यस्तै, एभरेष्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसि) बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र कुमारी बैंकको पनि ३।३ स्थानीय तहमा शाखा विस्तार हुन बाँकी छ । बैंक अफ काठमाडौं र सेञ्चुरी कमर्सियल बैंकले ५।५, नेपाल एसबीआई बैंकले ८ र कृषि विकास बैंकले ९ स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]