ग्लोबल आइएमई बैंकको १६ प्रतिशत बोनस सेयर पारित

January 11, 2019

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको १२औँ बार्षिक साधारण सभाले  आर्थिक बर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्ने छ । 

हाल बैंकले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *