January 11th, 2019

प्रभु बैंकले अत्याधुनिक ‘मास्टरकार्ड’ संचालनमा ल्यायो

बैंकिङ खबर । प्रभु बैंकले प्रभु मास्टरकार्ड संचालनमा ल्याएको छ । बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रभु मास्टरकार्ड संचालनमा ल्याएको हो । प्रभु मास्टरकार्डकोे औपचारिक शुभारम्भ समारोह प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा भएको थियो ।

डिजिटल पेमेन्टको क्षेत्रमा ख्याति प्राप्त अन्तराष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड नेपाल स्थित प्रभु बैंकको साझेदारीमा EMV chip based PBL Mastercard सञ्चालनमा ल्याइएको हो । 

उक्त समारोहमा बोल्दै, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उपस्थितलाई स्वागत मन्तव्य दिँदै प्रभु बैंकले मास्टर कार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको र यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङकारोबार गर्न सक्ने बताए । 

उक्त अवसरमा मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा EMV chip based PBL Mastercard सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]