January 11th, 2019

अमेरिकी बीमा कम्पनी मेटलाइफमा नयाँ कार्यकारी प्रमुख आउने

बैंकिङ खबर । अमेरिकी बीमा कम्पनी मेटलाइफ इङ्कले नयाँ अध्यक्ष र कार्यकारी अधिकृत पाउने भएको छ । हालका अध्यक्ष र सीइओ स्टिभन ए केन्दारियानको कार्यकाल सकिन लागेपछि उक्त पदमा मिचेल ए। खलफ नियुक्त भएका हुन् । सन् २०११ देखि कम्पनीको यूरोप, मध्य पूर्व र अफ्रिका हेर्ने डिपार्टमेन्टका प्रमुखका रुपमा रहर्दै आएका खलफलाई मे १ देखि काम गर्नेगरी नयाँ जिम्मेवारी दिइएको हो । 

हालका अध्यक्ष केन्दारियनको कार्यकाल अप्रिल ३०मा सकिनेछ । ऐजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]