January 11th, 2019

कृषि विकास बैंकले २१.०५३ प्रतिशत लाभांश बाँड्ने

बैंकिङ खबर । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।बैंक सञ्चालक समितिको शुक्रबार बिहान सम्पन्न ७२८ औं बैठकले शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।सोही बैठकले सरकारको अग्राधिकार शेयर वापतको ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । 

सरकारको अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ४९ करोड ९८ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ । बैंकले सर्वसाधारण शेयरधनीलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ९८ लाख ५ हजार पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]