शिवश्री हाइड्रोपावरको अयोजना प्रभावितका लागि सेयर विक्री सुरु

January 11, 2019

बैंकिङ खबर । शिवश्री हाइड्रोपावरले १४ लाख ७६ हजार ४ सय कित्ता साधारण सेयर आयोजना प्रभावितका लागि आजबाट विक्री खुल्ला गरेको छ । शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२ मेगावाटको ‘माथिल्लो चाकु ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

इच्छुक लगानीकर्ताले ५० देखि अधिकतम सात हजार तीन सय ८० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । 
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिभुपार गाउँपालिका र सुनकोशी गाउँपालिकाका स्थानीयका लागि मात्र सेयर निष्काशन गरेको हो । 

तीन अर्ब ६६ करोड ४७ लाख ८४ हजार रुपैयाँ कुल लागतमा निर्माण गरिएको आयोजनामा ७५ प्रतिशत संस्थापक लगानीकर्ताको सेयर रहने छ । हाइड्रोपावरले १० प्रतिशत आयोजना प्रभावित र १५ प्रतिशत सर्वसाधारणका लागि जारी गर्ने छ । अहिले सम्म आयोजनाको ९६ प्रतिशत काम सकिएको छ । सेयर निष्काशन तथा विक्री प्रवन्धकको काम सिदार्थ क्यापिटलले गरेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *