January 10th, 2019

नेप्सेमा सामान्य वृद्धि, परिसूचक ११८०.८४ अंकमा पुग्यो

बैंकिङ खबर । विहीबार नेप्से १.४८ अंकले बढेर ११८०.८४ अंकमा पुगेको छ । होटल, विकास बैंक, र जलविद्युत् र उत्पादनमूलकबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमा समूह २२.१७ अंकले बढेको छ । 

कारोबार रकम बुधबारको तुलनामा सामान्य मात्रै बढेको छ । १६३ वटा कम्पनीको १३ लाख ८७ हजार पाँच सय ९२ कित्ता सेयर तीन हजार आठ सय ७२ पटक खरिदविक्री हुँदा ३६ करोड ६३ लाख २४ हजार एक सय ६४ रुपैयाँको कारोबार भएको छ । बुधबार ३४ करोड ७८ लाख ७९ हजार चार सय ६९ रुपैयाँको सेयर कारोबार भएको थियो । 

नेपाल बैंकको मात्रै ११ करोडको कारोबार भएको छ । कुमारी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रो, बैंक अफ काठमाडौँ र एनआईसी एशिया बैंकको एक करोडमाथिको कारोबार भएको छ । प्राइम बैंक प्रोमोटर, एनसीसी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्तको क्रमशः ९९ लाख, ८४ लाख, ७३ लाख र ७२ लाख रुपैयाँको कारोबार भएको छ । 

सानिमा इक्विटी फण्डका सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स र जेविल्स फाइनान्सका सेयरधनीले क्रमशः ५.८९ र ५ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रिजेन्सी, नेशनल माइक्रोफाइनान्स, आईसीएफसी फाइनान्स, कुमारी बैंक, रिडी हाइड्रो, छिमेक लघुवित्त, नेशनल हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, सिनर्जी पावरका सेयरधनीले ५.१० प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, पूर्णिमा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रो, हिमालयन पावर पार्टनर, प्राइम बैंक प्रोमोटर, छ्याङ्दी हाइड्रो, सिभिल लघुवित्त, सिटी एक्सप्रेस फाइनान्स, हिमालयन डिस्टीलरी लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]