January 10th, 2019

तराईका चार विद्यालयमा डिशहोमद्धारा शैक्षिक सामाग्री वितरण

बैंकिङ खबर । डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्सा जिल्लाको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका साथै झोला र न्यानो टोपी वितरण गरेको हो ।

कम्पनीले रौतहट जिल्लाको गौरमा रहेको श्री अधारभुत विद्यालय बालमन्दीरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित झोला र न्यानो टोपी वितरण गरिएको छ ।

कार्यक्रम डिशहोमका अधिकृत विक्रेता सन्तोष केशरीको अध्यक्षता तथा ब्राण्ड म्यानेजर मनोज न्यौपानेको प्रमुख आतिथ्यमा गरिएको हो । रौतहट जिल्लाको उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी, डिशहोमले बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित झोला र  टोपी वितरण गरेको छ । कार्यक्रममा महागढिमाई नगरपालिकाका उपप्रमुख तारा देविकामतको प्रमुख आतित्थ्यतामा २ नं. का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौरसिया, समाजसेवी, शिक्षक तथा स्थानियको सहभागितामा डिशहोमका वितरक बिक्की अग्रवालले वितरण गरेका हुन् । 

साथै, बाराको सिम्रौनगढ स्थीत श्री कँकाली माध्यमिक विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र न्यानो टोपि वितरण गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहमान मिया अन्सारी लगाएत नागरिक समाजका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार र स्थानियको उपस्थितिमा सिम्रोन गढ नगरपालिकाका उपप्रमुख रिमा देवि कुशवाहाले शैक्षिक सामाग्री वितरण गरेका थिए ।

 डिशहोमले यसै कार्यक्रम अन्तरगत पर्सा जिल्लाको पोखरिया स्थित श्री जिल्लाउचांगल रामदेव माध्यमिक विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त कार्यक्रममा पोखरियाका नगर प्रमुख दिप नारायण रौनियारको उपस्थितिमा शिक्षकमहासंघ पर्साका अध्यक्ष पर्वत ठाकुर, वडा नं. ४ पोखरीयाका वडा अध्यक्ष लक्ष्मण साहा लगाएत नागरिक समाजका अगुवा, समाजसेवी, पत्रकार, सुरक्षानिकायका प्रतिनिधि र स्थानियको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको हो । 

नेपालको विकट ठाउँसम्म टेलिभिजन सिग्नल पुर्याएर क्रान्ति नै ल्याएको डिशहोमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि समेत सहयोग गरेको छ । डिशहोमले उज्वल भविष्य कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताए । 

डिसहहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिककार्य गर्दै आइरहहेको छ । डिशहोमले एसईई परिक्षादिने विद्यार्थीहरुकालागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजनकक्षाहरु संचालनगर्दे आइरहेको छ । साथै, डिशहोमले शिक्षमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयहरुको सहकार्यमा विभिन्न शिक्षा सम्बिन्धका योजनाहरुलाई अगाल्दै आएको छ भने सामाजिह उत्तरदायित्वको क्षेत्रमा पनि अग्रसर बन्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]