January 10th, 2019

स्वावलम्बन लघुवित्तको ३६.८४ प्रतिशत लाभांश पारित

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश वितरण गर्नेे भएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ११.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

उक्त साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा बाँकी अवधिको लागि विष्णु प्रसाद त्रिपाठीलाई संचालकमा निर्बिरोध निर्वाचित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा ३४ करोड ३० लाख ४९ हजार ७ सय २५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साथै, यसै साधारण सभाले जारी तथा चुक्ता पूँजी ७० करोड २४ लाख ७१ हजार ३ सय ९३ कायम गर्ने निर्णय समेत गरेको छ ।

हाल संस्थाले १२८ शाखा तथा उपशाखा कार्यालय र ९ वटा इलाका कार्यालय मार्फत २ लाख २८ हजार १ सय १९ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाको लगानीमा रहिरहेको कर्जा रकम ११ अर्व २६ करोड ४२ लाख १६ हजार पुगेको छ । सदस्यको बचत ६ अर्व ३४ करोड ९२ लाख ४० हजार रहेको छ । साथै,  हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]