January 10th, 2019

उन्नति माइक्रोफाइनान्सको २०% हकप्रद आउने, धितोपत्र बोर्डले दियो अनुमति

बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । संस्थाले एक करोड १० लाखको रुपैयाँको हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । 

उन्नति माइक्रोफाइनान्सले चुक्ता पूँजी पाँच करोड ५० लाख रुपैयाँको २० प्रतिशत अर्थात एक लाख १० हजार कित्ता हकप्रद सेयर विक्री गर्नेछ । यसका लागि संस्थाले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनस र हकप्रद सेयर बिक्रीपछि उन्नतिको चुक्ता पूँजी आठ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]