January 10th, 2019

कुमारी बैंकले ८.५ प्रतिशत बोनस सेयर दिने

बैंकिङ खबर । कुमारी बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट ८.५० प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले चुक्तापुँजीको ८.५० प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ । 

बैंकले ६० करोड ८८ लाख ८८ हजार पाँच सय ७३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । अहिले बैंकको चुक्तापुँजी सात अर्ब १६ करोड ३३ लाख ९४ हजार नौ सय ७३ रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् । अघिल्लो आर्थिक वर्षमा बैंकले १२।७५ प्रतिशत (९१ करोड २२ लाख ८९ हजार ५७३ रुपैयाँ) बोनस बाँडेको छ । यसअनुसार बैंकको चुक्त्ता पूँजी ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार ११९ रूपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]